नेप्से कारोबार सप्ताहको पहिलो दिन आइतवार २१.५८ अंकले ओरालो लागेको छ । गत सप्ताहको अन्तिम कारोबारदिन बिहीवार परिसूचक ९०.६७ अंकले उकालो लागेको थियो । आइतवार परिसूचक ०.८६ प्रतिशतले ओरालो लागेर २४८५.०९ बन्द भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत १.७८ अंकले तल झरेर ४४९.६८ मा पुगेको छ ।

आइतवार २११ कम्पनीको ५३ हजार ९७० पटक भएको लेनदेनमा १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर खरिद बिक्री भएको छ । यस दिन कारोबार रकममा समेत गिराबट आएको छ । बिहीवार ६ अर्ब ०५ करोड ८१ लाख ०४ हजार ३१७ को रकम कारोबार भएको यस बजारमा आइतवार ५ अर्ब ५४ लाख ६६ हजार ४८० को कारोबार भएको छ ।

होटल एण्ड टुरिज्म २.२४ प्रतिशत र हाइड्रो पावर ०.९२ प्रतिशतले बृद्धि भएपनि अन्य सबै क्षेत्र रातोमय भएको छ । यस दिन सर्वाधिक लाभांशकर्ता कम्पनीहरु मध्ये चन्द्रगिरी हिल्स लि. ९.९२ प्रतिशत, नेपाल हायड्रो डेभलपर लि. ९.८३ प्रतिशत, रैरङ्ग हायड्रो पावर डेभलपमेन्ट लि. ९.६९ प्रतिशत, एक्सल डेभलपमेन्ट ७.१४ प्रतिशत रहेका छन् ।

यस दिन सर्वाधिक घटेका मध्ये नेशनल हायड्रो पावर कम्पनी लि. ५.५२ प्रतिशत, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. ५ प्रतिशत रहेका छन भने ८ वटा कम्पनी ३ प्रतिशत भन्दा बढीले घटेका छन् ।

बजारमा भई रहेको उतार चढाबका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिएका छन् । उनीहरु बजारको बाटो कता तीर जाने भनेर पर्खिरहेका गरिरहेका छन् । बिहीवारको कारोवारले लगानीकर्तालाई उत्साहित बनाए पनि आइतवार फेरी निराश हुन गएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!