
सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा गाउँपालिका अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ । क्ष्री जनता माध्यमिक बिधालय भुत् पुर्व बिधार्थी मञ्चको आयोजना तथा बरियारपट्टी गाउँपालिकाको आर्थिक सहयोगमा क्रिकेट टुर्नामेन्ट प्रतियोगिता बाट सुरु भएको छ । आईसिसि को नियममा संचालीत सो खेल ड्युज बलले खेलिने छ । १५ दिन सम्म चल्ने सो प्रतियोगितामा १६ टीमले भाग लिएका छन् ।

प्रमुख अतिथि बरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतोले ब्याटिङ गरी खेलको सुरुवात गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले गाउपालिका क्षेत्रका खेलकूद विकास र विस्तारलाई गाउँपालिकाले प्राथमिकता दिएको उल्लेख गरेका थिए। उनले आगामी दिनमा अझै भव्यताका साथ खेलकूदका कार्यक्रमहरु आयोजना गरिने बताए ।सो कार्यक्रममा बिशिष्ट अतिथि गाउँपालिका उपा अध्यक्ष रेखा कुमारी यादब रहेको थियो भने कार्यक्रममा वडा नं ०३ वडा अध्यक्ष आन्नतलाल यादब लगायतका नेता, शिक्षक, समाजसेवी, खेलाडी र स्थानीयहरुको ब्यापक उपस्थिती रहेका थियो ।

आजको सुरुवाती खेल जय माँ लक्ष्मी युवा क्रिकेट टीम बरियारपट्टी ५ जिझौल र जय माँ दुर्गा युवा क्रिकेट टीम बरियारपट्टी ४ सोहपुरको बिचमा भएको थियो । जय माँ लक्ष्मी युवा क्रिकेट टीम बरियारपट्टी ५ जिझौलले जय माँ दुर्गा युवा क्रिकेट टीम बरियारपट्टी ४ सोहपुरलाई ५९ रनले पराजित गरे । उदघाट्न समाहरो क्ष्री जनता माध्यमिक बिधालय भुत् पुर्व बिधार्थी मञ्चका अध्यक्ष लालवीर यादबको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस क्रिकेट टुर्नामेन्ट प्रतियोगितालाई जय माँ गढी कृषी सहकारी संस्थाले बिशेष सहयोग गरेका छन् ।