बिहीवार सप्ताहको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९०.६७ अंकले बृद्धि भएर २५०६.६८ बिन्दुमा बन्द भएको छ । यस अघि मंगलवार र बुधवार लागातार ओरालो लागेको थियो । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत १४.६७ अंकले बृद्धि भएर ४५१.४६ मा पुगेको छ ।

यस दिन २०६ कम्पनीको ६५ हजार १७४ पटक लेनदेन कारोबारमा १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर खरिद भएको छ भने ६ अर्ब ०५ करोड ८१ लाख ०४ हजार ३१७ को रकम कारोबार भएको छ ।बिहीवार  व्यापारिक समूहको परिसूचक सर्वाधिक ७ दशमलव १ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङको २ दशमलव ९६ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ९९ प्रतिशत, विकास बैंकको २ दशमलव ४७ प्रतिशत, जलविद्युतको ४ दशमलव ७८ प्रतिशत, वित्तको २ दशमलव ७८ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ६१ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ६६ प्रतिशत, अन्यको ५ दशमलव ४४ प्रतिशत, लघुवित्तको ५ दशमलव शून्य ६ प्रतिशत, जीवन बीमाको ३ दशमलव ५ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १९ प्रतिशत र लगानी समूहको ५ दशमलव २६ प्रतिशत परिसूचक बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!