बुधबार, फाल्गुण १९, २०७७ || 474  पटक पढिएको

मंगलवार ५९.७० अंकले तल झरेको नेप्से परिसूचक बुधवार समेत ३९.२३ अंकले तल झरेर २४१६ बिन्दुमा बन्द भएको छ । २४५३.०१ सम्मको पुगेको परिसूचक लगातार ओरालो लाग्दै २४१६ मा बन्द भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ७.१२ अंकले तल झरेर ४३६.८० मा बन्द भएको छ ।

२१२ कम्पनीको ६३ हजार ६७४ पटक लेनदेन कारोबारमा १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर खरिद भएको छ भने ६ अर्ब २५ करोड ४८ लाख ०९ हजार ४४२ को रकम कारोबार भएको छ ।

यसदिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. र चन्द्रागिरी हिल्स लि. १० प्रतिशत, हिमालयन पावर पार्टनर लि. ८.१६ प्रतिशत सकारत्मक सर्किटमा हिट गरेका छन् भने एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि. ६.३६ प्रतिशत, बरुण हाइड्रो पावर कम्पनी लि. ६.०६ प्रतिशत गुमाएका छन् ।

त्यस्तै सब इन्डेक्समा ट्रेडिङ्ग ९.२६ प्रतिशत र होटल एण्ड टुरिज्म १.६५ प्रतिशतले बढेको छ भने अन्य सबै क्षेत्र रातोमय देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!