हिपमत डटकम
काठमाडौं, माघ १८ । सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्बजनिक गरिएको छ। खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’लभ स्टोरी जनराको चलचित्र हो । सार्बजनिक फर्स्टलुक पोस्टरमा कुनै पनि कलाकारलाइ स्थान दिइएको छैन ।चलचित्रले हिमाली भेगको प्रेम कथा बोल्छ । चलचित्रमा सौगात मल्ल,बुद्दि तामांङ,दिया पुन,नमिता घिसिङ्ग,बिर बहादुर लामाको मुख्य भूमिका रहेको छ।

चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत रहेको छ । संजय लामाले छायांकन गरेको चलचित्रलाइ मित्र डि.गुरुङले सम्पादन गरेका छन्। मुभी र्याकको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता मनोज राजभण्डारी हुन् । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ सह निर्मातामा रहेका छन् । चलचित्रको प्रदर्शन मिति सार्बजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!