अघिल्लो सप्ताहको अन्तिम कारोबारदिन ४४.९४ अंकले ओरालो लागेको नेप्से परिसूचक आइतवार पहिलो कारोबार दिन समेत ७९.७४ अंकले ओरालो लागेर २४७४ मा बन्द भएको छ । अघिल्लो महिनामा परिसूचक २६०० को बिन्दुसम्म पुगेर रेकर्ड कायम गरेको थियो ।

यस दिन ९६ हजार १५१ पटक लेनदेन कारोबार भएको २०७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर खरिद बिक्री भएको छ भने ८ अर्ब ३५ कोरड ५२ लाख ८९ हजार ८१४ को रकम कारोबार भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेकस समेत १४.५३ अंकले तल झरेर ४४७.२९ बिन्दुमा बन्द भएको छ । बजारको शुरुवात २५५८.२९ बाट भएपनि लगातार ओरालो लागेर २४७४ बिन्दुमा बन्द भएको छ ।


सव इन्डेक्समा एकमात्र होटल एण्ड टुरिज्ममा हरियो देखिए पनि अन्य सबै क्षेत्र रातोमय देखिएको छ । यस दिन सर्वाधिक लाभांशकर्ता कम्पनीमध्ये चन्द्रागिरी हिल्स लि. ९.८१ प्रतिशत, सिटिजन मिच्वल फण्ड २– २.८४ प्रतिशत, शिखर इन्सोरेन्स कम्पनी लि. २.८० प्रतिशत रहेको छ भने गणपति लघुवित्त वितिय संस्थान लि. ७ प्रतिशत, नेपाल फाइनेन्स लि. ६.७४ प्रतिशत, नेपाल इन्फ्रास्टेक्चर बैंक लि. ६.४५ प्रतिशत, नेपाल हाइड्रो डिभलपर लि. ६.१३ प्रतिशत, एपी पावर कम्पनी लि. ६.११ प्रतिशत तल झरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!