शुक्रबार, माघ १७, २०७६ || 819  पटक पढिएको

हिपमत डटकम
काठमाडौं , माघ १७ गते । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् । तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहन सकेन् ।

पछिल्लो समय यी दुईको प्रेम झाँग्गिएको छ । पारिवारिक सूत्रले दिएको जानकारीअनुसार उनीहरुको विवाह अर्को वर्ष अर्थात २०७७ मा हुने भएको छ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् । यो जोडीको प्रेम सम्बन्धको चर्चा भने श्रृंखला मिस वल्र्डको लागि चीन जानुभन्दा अघि मकवानपुरमा तयार पारेको एक डकुमेन्ट्रीका कारण भएको थियो ।

खतिवडा र बानियाँ देश तथा विदेशको यात्रामा समेत प्रायः एकसाथ देखिने गरेका छन् । यो जोडीले केही समय पहिले टर्कीको इस्तानबुल पुगेका थिए । त्यहाँ घुमफिर गरिरहेको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

टर्कीमा रहँदा यो जोडीको एक तस्वीर बाहिरिएको थियो, जहाँ श्रृंखला सिसनको अंगोलामा थिईन् । यी दुईले भने गहिरो सम्वन्धमा रहेको बजारको चर्चालाई गसिपको रुपमा चित्रण गर्दै आएका छन् । श्रृंखलाले त आफु सिंगल रहेको बताउँदै आएकी छिन् । श्रृंखलाका बुवा–आमा दुवै नेकपाका सांसद हुन् । उनको बुवा विरोध खतिवडा त नेपाली राजनीतिमा चर्चित नाम हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!