हिपमत डटकम

बिहिबार, फाल्गुण १३, २०७७ || 523  पटक पढिएको

सोमबार र मंगलबार लगातार ओरालो लागेको शेयर बजार बुधबार उकालो लागे पनि बिहीबार ओरालो लागेको छ । यस दिन १.७३ प्रतिशत करेक्सन भई ४४.९४ अंकले तल झरेर २५५४.१३ बिन्दुमा बन्द भएको छ । सप्ताहको अन्तिम कारोबार दिन सेन्सेटिभ इन्डेक्स समेत ८.५३ अंकले तल झरेर ४६१.८१ मा बन्द भएको छ ।

१० अर्ब बढीको रकम कारोबार भएको रेकर्ड कायम गरेको यस बजारमा बिहीबर ६ अर्ब ०९ करोड ८१ लाख ८८ हजार ४१४ को रकम कारोबार भएको छ । २०६ कम्पनीको सहभागिता रहेको यस बजारमा ८३ हजार ४०७ पटक लेनदेन कारोबार भएको छ भने १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता शेयर खरिद बिक्री भएको छ ।

बजारको शुरुवात २६२२.७८ बिन्दु बाट भएपनि दिन भरि लगातार ओरालो लाग्दै २५५४.१३ बिन्दुमा तल झरेको छ । सर्वाधिक कारोबार भएको क्षेत्रमध्ये कमर्सियल बैंकको कारोबार २ अर्ब ५१ कारोड ३८ लाख २२ हजार ९२७ को भएको छ ।

नेप्से विश्लेषकका अनुसार लगानीकर्ताहरुको अपेक्षा अनुसार बजारले सकारात्मकता नलिएपछि कारोबार रकम घटेको छ । बुधबर प्राविधिक समस्याभएका कारण कारोबार रकममा कमी भएको भनिए पनि बिहीबार प्राबिधिक समस्या नभएपनि कारोबार रकममा कमी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!