हिपमत डटकम

बुधबार, फाल्गुण १२, २०७७ || 711  पटक पढिएको

सोमवार र मंगलवार लगातार ओरालो लागेको शेयर बजार बुधवार उकालो लागेको छ । ०.४९ प्रतिशत करेक्सन भई १२.५६ अंकले बृद्धि भएर २५९९.०७ मा बन्द भएको छ ।

२६००.३३ बाट शुरुभएको बजार ओरालो उकालो गर्दै २५९९.०७ मा बन्द भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत २.४० अंकले बृद्धि भएर ४७०.३४ बिन्दुमा बन्द भएको छ । २०४ कम्पनीको सहभागिता भएको यस बजारमा १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता शेयर खरिद बिक्री भएको छ भने ६९ हजार ९९४ पटक लेनदेन कारोबार भएको छ । यस दिन ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ कारोबार भएको छ । यो रकम कारोबार मंगलबर भन्दा कम रहेको छ । मंगलवार ८ अर्ब भन्दा बढीको कारोबार भएको थियो ।

बुधवारको कारोबारमा सवइन्डेक्स अनुसार हाइड्रोपावर र अदर्शमा मात्र रातो देखिए छ भने अन्य सबैक्षेत्र हरियो देखिएको छ । यस दिन सर्वाधिक कारोबार भएको क्षेत्रमध्ये कमर्सियल बैंक २ अर्ब ३५ करोड ०५ लाख ६९ हजार १५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!