हिपमत डटकम

मंगलबार, फाल्गुण ११, २०७७ || 716  पटक पढिएको

नेप्से कारोबार लगातार दोस्रोदिन ओरालो लागेको छ । सोमबार ३२.६७ अंक तल झरेको परिसूचक मंगलबार समेत २१.१६ अंकले तल झरेर २५८६.५१ मा बन्द भएको छ । ०.८१ प्रतिशत करेक्सन भएको यस बजारमा सेन्सेटिभ इन्डेक्स समेत २.४१ अंक तल झरेर ४६७.९४ मा बन्द भएको छ ।

बजारको शुरुवात २६२७.३४बाट सकारात्मक रुपले भएपनि ओरालो उकालो गर्दै २५८६.५१ मा बन्द भएको छ । २०५ कम्पनीको सहभागिता भएको यस बजारमा १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता शेयर खरिद बिक्री भएको छ भने ८३ हजार ३५७ पटक लेनदेन कारोबार भएको छ । यस दिन ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ को टर्नअभर भएको छ ।

यस दिन सर्वाधिक करोबार भएको क्षेत्रमध्ये कमर्सियल बैंक २ अर्ब ७६ करोड २९ लाख ७९ हजार ८६४, हाइड्रोपवार १ अर्ब २२ करोड ८१ लाख ५८ हजार ४७३, अदर्श १ अर्ब २२ करोड ५८ लाख ०४ हजार ८२२, ननलाइफ इन्सोरेन्स १ अर्ब ०१ करोड ६७ लाख ४४ हजार ३६५, माइक्रोफाइनेन्स ८५ करोड ०७ लाख ०२ हजार १४३ रहेको छ । यस दिन सवइन्डेक्समा एकमात्र ट्रेडिङ्गमा हरियो देखिए पनि अन्य सबै क्षेत्र रातोमय देखिएको छ ।

बजारको अवस्थाले गर्दा लगानीकर्ताहरुको मनोबल कमजोर भएको नेप्से विश्लेषकहरुको तर्क रहेको छ । उहाँहरुले नाफा आर्जन गर्ने लगानीकर्ताहरुलाई बजारको अवस्थाले आत्तिनु र मात्तिनु पर्ने अवस्था नरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!