हिपमत डटकम

सोमबार, फाल्गुण १०, २०७७ || 530  पटक पढिएको

सप्ताहको दोस्रोकारोबार दिन नेप्से परिसूचक ३२.६७ अंक तल झरेर २६०७.६७ विन्दुमा बन्द भएको छ । १.२४ प्रतिशत करेक्सन भएको यस बजारमा सेन्सेटिभ इन्डेक्स समेत ९.२२ अंकले तल झरेर ४७०.३६ मा बन्द भएको छ ।

बजारको शुरुवात २६६५.८६ बाट सकारात्मक रुपले भएपनि लगातार ओरालो लागेर २६०७.६७ विन्दुमा झरेको छ । २०७ कम्पनीको सहभागिता भएको यस बजारमा २ करोड १६ लाख १४ हजार ४५२ कित्ता शेयर खरिद बिक्री भएको छ भने ७८ हजार ८५८ पटक लेनदेन कारोबार भएको छ । यस दिन ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ को टर्नअभर भएको छ ।

यस दिन सर्वाधिक कारोबार भएको क्षेत्रमध्ये कमर्सियल बैंक ३ अर्ब १२ करोड ०२ लाख ६६ हजार ७३१, माइक्रोफाइनेन्स ९५ करोड ५७ लाख ३८ हजार ४५०, हाइड्रो पावर ९१ करोड ७३ लाख ६९ हजार ७५८, ननलाइफ इन्सोरेन्स ९१ करोड १८ लाख ५२ हजार ६९७, लाइफ इन्सोरेन्स ७६ करोड ५३ लाख ७५ हजार ७५६ रहेको छ भने लाभांश प्राप्तकर्ता प्रमुख दश कम्पनी मध्ये २ कम्पनीको लाभांश १० प्रतिशत रहेको छ भने ६ कम्पनीको लाभांश ९ प्रतिशत भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!