शुक्रबार, माघ १७, २०७६ || 857  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ, १७ माघ । हेल्थ क्लबमा साउना बाथ गर्न गएका ललितपुरका एक दम्पतीको निधन भएको छ। बुधबार साँझ ललितपुर महानगरपालिका (१४ नखिपोटका हस्तकुमार गुर्बाजु (थापा) (४२) र नेत्र पुन (३४) को ‘फिट एन्ड फाइन हेल्थ क्लब’ मा निधन भएको हो।विशालचोकस्थित हेल्थ क्लबमा साउना बाथ लिने क्रममा दम्पतीको निधन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘घटना हेर्दा दुवै पक्षको असावधानी देखिन्छ’, महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मा भन्छन्, ‘साउना सुरु भएपछि उहाँहरूले आफ्नो सुरक्षाको ख्याल नगरेको र नियमित ग्राहक भएकाले सञ्चालकले विश्वास गरेको देखिन्छ।’ साँझ ६:४५ मा हेल्थ क्लबमा पुगेका दम्पती बेहोस भएको खबर सादतोबाटो प्रहरीमा राति ९ बजे पुगेको थियो। प्रहरीले बेहोस अवस्थामै रहेका दम्पतीलाई पाटन अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। ‘खबर पाएको ६ मिनेटमा घटनास्थल पुगेका थियौं’, डीएसपी शर्मा भन्छन्, ‘घटनास्थल हेर्दा अक्सिजनको कमीले बेहोस भएजस्तो देखिन्छ।’

गिजर खोलेपछि हावा फाल्ने फ्यान अन नगर्दा दुर्घटना भएको सञ्चालक जुना बस्नेत बताउँछिन्। ‘साउना सकेर बाथ गर्न गिजर खोल्नुपर्छ’, बस्नेत भन्छिन्, ‘उहाँहरूले गिजर खोल्नुभयो तर फ्यान खोल्नु भएन।’ करिब दुई घण्टा अवधिमा क्लबका स्टाफले तीन पटक ढोका ढकढक्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘ढोका फोडेर हेर्दा दम्पती बेहोस भेटिएपछि प्रहरीलाई खबर भएको छ’, डीएसपी शर्मा भन्छन्, ‘हामी प्रारम्भिक अनुसन्धानमै छौँ, घटना मनसाय प्रेरितजस्तो लाग्दैन।’ उनीहरुको शव पाटन अस्पतालमा राखिएको छ। विदेशबाट आफन्त आएपछि मात्र पोस्टमार्टम हुने डीएसपी शर्माले बताए। ‘पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुन्छ’, शर्मा भन्छन्, ‘अहिले सञ्चालकसँग प्रारम्भिक बयान लिइरहेका छौं।’

अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!