महिनाको पहिलो कारोबार आइतबार ३३.३३ अकंले ओरालो लागेको नेप्से कारोबार सप्ताहको दोस्रोदिन सोमवार ९२.४२ अंकले बृद्धि भई २५८६.०१ मा बन्द भएको छ । आइतवारको कारोबारबाट निरास भएका लागनिकर्ताहरु उत्साहित भएका छन् । ३.७१ प्रतिशतले सकारात्मक करेक्सन भएको बजार शुरु भएको आधा घण्टामा ओरालो लागे पनि केही बेरमै उकालो चढेको बजार लगातार बृद्धि हुँदै २५८६.०१ मा बन्द भएको हो ।

यस बजारमा परिसूचक संगै सेन्सेटिभ इन्डेक्स समेत बृद्धि भएको छ । २०५ कम्पनी सहभागी भएको यस बजारमा २ करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर कारोबार भएको छ भने ६८ हजार ३१९ पटक लेनदेन कारोबार भएको छ । आइतबार ६ अर्ब बढीको कारोबार भएको बजारमा सोमवार १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ को रकम कारोबार भएको छ ।

रेकर्ड तोड्दै अगाडी बढेको बजारमा सोमबार लाभकर्ता प्रमुख १० कम्पनीको लाभांश १० प्रतिशत रहेको छ भने सर्वाधिक कारोबार भएको क्षेत्रमध्ये कमर्सियल बैंकको ३ अर्ब २९ करोड ७५ लाख ५९ हजार ४९३, माइक्रोफाइनेन्स २ अर्ब ८८ करोड ७७ लाख ८९ हजार ४७५, ननलाइफ इन्सोरेन्स १ अर्ब २३ करोड ३२ लाख ६४ हजार ५५५ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!