हिपमत डटकम
मोरङ,१५ माघ:मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा एक युवकको शव भेटिएको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वालको शव फेला परेको प्रहरीले जनाएको छ ।माघ ९ गते घुम्न भन्दै मे १०प ८६७५ नम्बरको स्कुटरमा घरबाट निस्किएका कट्वालको शव केसलिया खोला किनार नजिकै बालुवा र परालले पुरेको अवस्थामा भेटिएको थियो ।विराटनगर महानगरपालिका– ४ मा युवकको हत्या गरी केसलीया खोलापारि फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।प्रहरीका अनुसार कट्वाल आमासँग मामा घरमा बस्दै आएका थिए । चाडै र्फकने भन्दै घरबाट निस्किएका उनी चार दिनसम्म नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!