हिपमत डटकम

शुक्रबार, पौष १८, २०८२ || 1269  पटक पढिएको

काठमाडौं– सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ५८ हजार ४५९ पुगेको छ । नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२५ मा पर्यटक आगमनमा सामान्य वृद्धि देखिएको हो ।

सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल आएका थिए । यसरी सन् २०२५ मा केही हजारले पर्यटक संख्या बढेको बोर्डले जनाएको छ ।

गत डिसेम्बर महिनामा मात्रै ९८ हजार १९० विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सो अवधिमा सबैभन्दा धेरै पर्यटक छिमेकी मुलुक भारतबाट ३० हजार ९३ आएका छन् । त्यस्तै चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बंगलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक नेपाल आएका छन् ।

वार्षिक रूपमा हेर्दा भारतबाट सबैभन्दा धेरै दुई लाख ९२ हजार ४३८ पर्यटक नेपाल भित्रिएका छन् । अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

यसअघि नेपालमा सबैभन्दा धेरै विदेशी पर्यटक सन् २०१९ मा भित्रिएका थिए, जहाँ कुल ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!