हिपमत डटकम
अफगानिस्तान,१५ माघ:तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ ।

‘बुधबार बिहानको समयमा भएको आक्रमणमा तालिवान लडाकूको एक समूहले साना र ठूला हतियारको प्रयोग गरी आर्ची जिल्लाको सदरमुकाममा आक्रमण गरेका र घटनामा १२ सैनिक र एक प्रहरीको घटनास्थलमा नै मृत्यु भएको छ,’ प्रान्तीय परिषद्का सफिउल्लाह अमिरीलाई उद्धृत गरी स्थानीय एरिआना न्यूज टेलिभिजनले बताएको छ ।

घटनामा आठ सैनिक र चार प्रहरी घाइते भएका र उनीहरूलाई उपचारका लागि पठाइएको छ । आर्चीका जिल्ला प्रमुख नसरूद्दिन नाजारी सादीले उक्त घटनामा १५ तालिवानी विद्रोहीको मृत्यु भएको र पाँच लडाकू घाइते भएका बताएका छन् । भिडन्त करिब चार घण्टासम्म भएको बताइएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!