बुधबार, माघ १५, २०७६ || 1238  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,१५ माघ: दक्षिण कोरियाबाट ‘कोमा’मा नेपाल फर्किएका झापाका ओमनाथ ढकाल आजभोलि घरैमा परिवारको हेरचाहमा छन् । थेरापीलगायतका उपचारले उनी बिस्तारै तंग्रिन पनि थालेका छन् । तर, विदेश कामको सिलसिलामा गम्भीर घाइते वा बिरामी भई अस्पतालको कोमामा पुगेका सबैको भाग्य ओमको जस्तो छैन । अझै पनि २२ जना नेपाली कामदार विदेशका अस्पतालमै अचेत अवस्थामा छन् । तीमध्ये तीन जनालाई घर फर्काउन परिवारले वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएका छन् । कोमामा रहेका नेपालीको आफन्त आफ्ना प्रियजनलाई विदेशको अस्पतालमा मुढोजस्तो भएर रहन दिन चाहदैनन् । तर, अधिकांश बिरामीलाई परिवारजनले चाहेर पनि घर ल्याउन सकेका छैनन् । विदेशमा रहेका कामदारको हितमा सक्रिय प्रवासी नेपाली समन्वय समितिका अनुसार बिरामीलाई नेपाल ल्याउँदा झन् दुःख थपिने डर हुन्छ । कतारमा सबभन्दा धेरै नेपाली कामदार कोमामा छन् । त्यसपछि साउदी अरेबिया, कुवेत, ओमान, जापानलगायतका देशमा कोमामा गएका नेपाली कामदारहरु अलपत्र छन् । यस्ता बिरामीको परिवार पहिल्यै आर्थिक समस्यामा फसेका हुन्छन् । कतिपय बिरामीलाई त चिकित्सकीय प्राविधिक कारणले पनि ल्याउन गाह्रो हुन्छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ विविध कारणले परिवारले नै नचाहेपछि बिरामी ल्याउन गाह्रो हुने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!