हिपमत डटकम
काठमाडौं,१५ माघ: चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी र तातोपानी नाकाबाट पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ । चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अनलाइनखबरसँग भने, ‘अहिले बाटो पनि अफ्ठ्यारो छ, त्यसैले दुई देशकै सहमतिमा १५ दिनलाई आवातजावत बन्द गरिएको हो ।’ चीनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५ हजार भन्दा बढीमा स‌ंक्रमण भएको छ । कोरोना भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने भएका कारण चीनबाट नेपाल आउने पर्यटकको आवागमन बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!