हिपमत डटकम
ईटहरी ,माघ-१५ गते ।वापुस्ता माझ खुबै लोकप्रिय रहेको र्यापले यतिबेला बजार पिटेको छ । समय र परिस्थिति आधुनिकता तर्फ ढलिक्दै जादा र्याप हान्ने र्यापरहरुको लाईन पनि बढ्दै गएको देख्न सकिन्छ । तर यसमा आउने केही अस्लिल शब्दहरुले भने कहिले काही बिबाद सिर्जना गर्ने गर्छ । यस्तैमा एक र्यापर र्यापको दुनियामा आफ्नो भविश्य खोजिरहेका छन् । हेर्नुस् सो र्यापर संग गरिएको रमाइलो कुराकानी ।

यी र्यापर हुन् बिशाल सैजु श्रेष्ठ । उनले आफुलाई ‘एनके सम्राट’ टाईटल दिएका छन् । काठमाडौ घर भएपनि उनी बिगत २ वर्ष देखि झापामा बस्दै आएका छन् । उनी र्याप हान्ने सपना पूरा गर्न नै झापा आएको बताउछन् । घरमा बसेर आफ्नो परिवारले र्याप हान्ने माहौल सिर्जना नगर्दिएपछि आफू बाध्य भएर यो सपना पूरा गर्न घर छोडेको सुनाए ।

उनको र्यापमा पनि कहि कतै अश्लिस शब्द हरु भेटिन्छन् । तर, सबै गीतहरुमा उनले अश्लिलतालाई फैल्याएका भने छैनन् । घर छोडेर झापामा कोठा लिई एक्लै बस्दै आएका विशाल २ छाक टार्न र र्याप गाउने सपना पूरा गर्नलाई एक होटलमा सेफ को काम गरिरहेका छन् । उनले ‘दामी सम्बन्ध’, ‘काण्ड’ जस्ता र्याप गितहरु गाईसकेका छन् । उनको दामी सम्बन्ध गीतको भने १ बर्ष अघि नै म्युजिक भिडियो सार्बजनिक भैसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!