हिपमत डटकम

शुक्रबार, माघ १६, २०७७ || 582  पटक पढिएको

पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वकै दोश्रो अग्लो के टू हिमालको सफल आरोहण गर्ने टोलीलाई बधाई दिएका छन् । पूर्वराजा शाहले आज एक विज्ञप्ति जारी गर्दै आरोही टोलीलाई बधाई दिएका हुन् ।

नेपाल अनेकौ साहसी आरोही तथा पथप्रदर्शक र प्रेरकहरुको मुलुक भएको बताउँदै उनले विज्ञप्तिमा भनेका छन्ः ‘गत वर्ष मात्रै सगरमाथासहित आठ हजार मिटर अग्ला विश्वका चौधवटा हिमाल ६ महिना ६ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जा सहितको टोलीले हालसम्म कोही नपुगेको विश्वकै दोश्रो अग्लो के टू हिमालको सफल आरोहण गरेका छन् । सर्वाधिक चिसो मौसममा पनि साहासका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवम् सम्मानभाव प्रकट गर्दछु ।’

शाहले त्यस्तो प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रष्ठिामा बृद्धि भएको सुखद अनुभूति आफुले गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!