हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 668  पटक पढिएको

रौतहट । सरकारले निर्धारण गरेको मितिमै चुनाव सम्पन्न गराउन निर्वाचन आयोगले तीव्र रुपमा तयारी थालेको छ । सो अन्तर्गत आज देशभरीका सबै स्थानीय तहमा मतदाताहरुको नामावली प्रकाशन भएको छ ।
निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत रौतहटको सबै स्थानीय तहको केन्द्रमा पनि बिहीबार माघ १५ मतदाता नामावली तथा सोस“ग सम्बन्धित कार्यक्रम प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दाशले जानकारी दिए ।

जिल्लामा रहेका एक लाख ६२ हजार दुई सय ७४ महिला, एक लाख ९८ हजार तीन सय पैंसठी पुरुष र तेश्रो लिंगी एक जना गरी तीन लाख ६० हजार ६ सय ४० जना मतदाताहरुको नामावली प्रकाशन भएको छ ।
अद्यावधिक र दाबी विरोध कार्यक्रम सम्पन्न भएपश्चात मतदाताहरुको अन्तिम नामावली टुंगो लाग्ने निर्वाचन अधिकारी दासले बताएका छन् ।

मतदाताहरुले आप्mनो स्थायी ठेगाना रहेको पालिका केन्द्रमा माघ १६ गतेदेखि १८ गते सम्म मतदाता नामावलीमा आफ्नो नाम हेर्न सकिने, मतदाता नामावलीको आप्mनो नाम वा विवरणमा कुनै त्रुटी भए सच्याउन, आफ्नो नाम दोहोरो परेको भए, वा मृत्यु भएकाको विवरण हटाउन निवेदन दिन सक्ने जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । सो कार्यकालागि जिल्ला स्थित सबै स्थानीय तहमा एक जना सहायक नाम दर्ता अधिकारी नियुक्त गरिएको समेत जिल्ला निर्वाचन अधिकारी दासले बताए ।

त्यसैगरी कसैले झुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ गते स्थानीय तहको केन्द्रमा खटिएका सहायक नाम दर्ता अधिकारी समक्ष उजुरी दिन सकिने जिल्ला निर्वाचन अधिकारी दासले बताए ।

यस अघि रौतहटमा कायम रहेको २७७ मतदान स्थल र ४४९ मतदान केन्द्र मध्ये चार वटा मतदानस्थल परिवर्तन गरिएको, एउटा मतदान स्थल खारेज गरी सोही वडाको अर्को मतदानस्थलमा गाभिएको तथा दुई नयाँ थप गरी आगामी निर्वाचनको लागि २७८ मतदान स्थल कायम हुने तथा ४८१ मतदान केन्द हुने अनुमान गरिएको छ ।

उल्लेखित मतदानस्थल मध्ये संवेदनशील र अति संवेदनशील छुटयाउने काम जारीरहेको निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!