हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 390  पटक पढिएको

तुलसीपुर उपमहानगरपालिकाले २८ करोड लागतमा ‘टावर’ निर्माण गर्न सम्झौता गरेको छ । बहुउद्धेश्यीय टावर निर्माण गर्नका लागि नगर विकाससँग तुलसीपुर उपमहानगरपालिकाले काठमाडौंमा सम्झौता गरेको हो ।

सम्झौताअनुसार अब टावर निर्माण गर्न नगर विकास कोषले ७० प्रतिशत ऋण दिनेछ । २८ करोडमा निर्माण हुने टावरका लागि नगर विकास कोषले ७० प्रतिशत ऋण दिने र बाँकी ३० प्रतिशत रकम उपमहानगरपालिको आफै व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

तुलसीपुर मेयर घनश्याम पाण्डेले तुलसीपुरलाई आधुनिक शहरको पहिचान दिन ‘टावर’ले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे । ‘तुलसीपुरको पहिचान दिने आधुनिक टावर निर्माण गरि यहाँको व्यापार व्यवसायको विकास गर्ने हाम्रो उदेश्य हो’ उनले भने । उपमहानगरपालिकाले उत्तरतर्फ सँगै रहेको पुरानो तरकारी बजार भएको ठाउँमा उक्त टावर निर्माण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!