नेकपा प्रचण्ड-नेपाल समूहले सरकारले लिने कदम अनुसारकै प्रतिवाद गर्ने तयारी गरेको छ।

केन्द्रीय संघर्ष समितिको आज बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जुन तरिकाले आउँछन्, आफूहरू पनि त्यही ढंगले जाने बताए।

‘अहिले संकटकाल लगाउनेसम्मको चर्चा चलेको छ। त्यसैले हामीले पनि आवश्यक तयारी गर्न जरूरी छ,’नेपालको भनाइ उदृत गर्दै एक नेताले भने,’प्रधानमन्त्री ओली जुन ढंगले आउँछन्, हामी पनि त्यसको प्रतिवाद गर्ने गरी अघि बढ्नुपर्छ।’

निर्वाचन आयोगले ४ सय ४१ को सर्वोच्चतालाई स्वीकारे पनि त्यसको निर्णलाई नस्वीकारेको उनले बताएका थिए। प्रक्रिया नमिलेको भनेरमात्रै आयोगले प्रश्न उठाएको उनको भनाइ थियो।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ गते हुने जनप्रदर्शनलाई व्यापक बनाउन निर्देशन दिएका थिए। उनले आफूहरू राजनीतिक र कानुनी दुवै संघर्षमा रहेको समेत उनले बताए।

 

सचिवालय बैठकले २२ गते युवा र्‍याली निकाल्ने तयारी गरेको संघर्ष समितिका सदस्य एवम् केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

जनप्रदर्शनलाई केन्द्रमा राखेर वडा-वडालाई समेत जिम्मेवारी दिइएको उनले बताए।

युवा विद्यार्थी र मजदूरलाई सडकमा उतार्ने प्रचण्ड-नेपालको तयारी छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!