हिपमत डटकम
सुर्खेत, १४ माघ : कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ढुंगा बोकेको टिपरले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलवार विहान वीरेन्द्रनगर ४ गौतमचोक नजिक भे १ ख २२४० नम्बरको टिप्परले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा केशरबहादुर सिंहको मृत्यु भएको हो । टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

सोही दुर्घटनाको आक्रोशमा मृतकका आफन्तहरुले मंगलवार दिउँसोदेखि वीरेन्द्रनगर बजार तोडफोड र वन्द गराउँदै हिंडेपछि प्रशासनले साँझ ६ः३० बजेदेखि बुधवार विहान ६ बजेसम्म (१२ घन्टा) कफ्र्यु लगाएको छ । मंगलवार अपरान्ह बसेको जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्यु लगाउने निर्णय गरेको हो । सम्भावित दुर्घटनाहरु हुन नदिन, सुरक्षाका लागि भन्दै मंगलवार साँझ ६ः३० बजेदेखि कफ्र्यु लगाउनु परेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताउनुभयो ।

प्रशासन कार्यालयले कफ्र्यु आदेशको सूचना जारी गर्दै पूर्वमा इत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे व्यारेक र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर दक्षिणतर्फ कफ्र्यु लाग्ने प्रशासनले जनाएको छ । कफ्र्यु तोड्नेलाई आवश्यकता अनुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने भएकोले उल्लंघन नगर्न प्रशासनले आग्रह गरेको छ ।

घटना भएपछि मृतकका आफन्तहरुले आक्रोशमा वीरेन्द्रनगर बजार बन्द गराएका थिए । बजार घुम्दै पसलहरु जबर्जस्ती बन्द गराउन लगाएका थिएभने सवारीसाधनसमेत चल्न दिएका थिएनन् । पसलहरु बन्द गराउने क्रममा ढुंगामुढा प्रहार गरेर क्षति पु¥याएका थिए । दिउँसो अवस्था तनावग्रस्त बनेको थियो । उनीहरुले टिप्पर चालकलाई कडा कारबाही गर्नुपर्ने, मृतकलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर उनीहरुले विरोध गरिरहेका थिए ।

दिउँसोको तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । प्रहरी र आन्दोलनकारीवीच झपड हुँदा प्रहरीले दिउँसो दुई राउण्ड हवाई फायरसमेत गरेको जनाएको छ । तर आधिकारिक पुष्टि भने हुन सकेको छैन । सुर्खेतका प्रहरी प्रमुख दिल्लीराज पन्तले अज्ञात समूहले गोली चलाएको दावी गर्नुभएको छ । गोली लागी आठ जना घाइते भएका छन् । घाइते हुनेहरुमा जुम्लाका महेश गौतम, दैलेखका हिदेशकुमार शाही, कृष्णबहादुर थापा, गोकुल गिरीलगायतका छन् । उहाँहरुको वीरेन्द्रनगरका अस्पतालमा उपचार भइरहेको छ ।

यता दिनदहाडै बीरेन्द्रनगर बजार बन्द गराउने कार्यको सुर्खेत उद्योग बाणिज्य संघले विरोध जनाएको छ । संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलले विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै त्यसको आक्रोशमा दिउँसै एक्कासि पसल बन्द गराउँदै हिंड्नु र केही पसलहरुमा ढुंगामुढा प्रहार गरी तोडफोड गरेकोमा विरोध जनाउनुभएको छ ।

विज्ञप्तिमा दिनदहाडै तोडफोड र उच्छृंखल कार्य भएकोमा स्थानीय प्रहरी प्रशासनले नियन्त्रण गर्नतर्फ चासो नदेखाइ प्रभावहीन बनेकोमा पनि संघले दुःख व्यक्त गरेको छ । आन्दोलन गर्ने नाममा निजी सम्पत्तिको क्षतिको उचित मूल्यांकन गरी पीडितहरुलाई उचित क्षतिपूर्ति दिन र ढुंगामुढा तथा हुलहुज्जत गर्नेहरुको पहिचान गरी यथासक्य कानुनी दायरामा ल्याउन संघले माग गरेको छ ।-गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!