हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 1304  पटक पढिएको

कोरोना भाइरसविरुद्धको खोप लगाएका वीर अस्पतालका ६ जना स्वास्थ्यकर्मीको स्वास्थ्यमा समस्या देखिएको छ। वीर अस्पतालको कोरोना फोकल पर्सन अच्युत कार्कीका अनुसार भ्याक्सिन लिएका उनीहरूलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या देखिएको हो।

‘खोप लगाएपछि केहीबेर ६ जनालाई रिङ्गटा लाग्ने र वाकवाक लाग्ने समस्या देखिएको थियो’, उनले भने, ‘रेस्ट गरेपछि ठीक भएको छ। यो माइनर समस्या हो।’

खोप लगाएपछि सामान्य समस्या देखिन सक्ने खोप महाशाखा प्रमुख डा. झलक गौतमले बताए। ‘खोपले धेरैलाई केही हुन्न। यद्यपि, सामान्य असर देखिन सक्छ। खोप लगाएपछि दुख्ने, ज्वरो आउने हुन्छ तर सिरियस हुँदैन। खोप लगाएपछि अनुसन्धान गर्ने विज्ञको स्वतन्त्र कमिटी छ। त्यसले अध्ययन गर्छ, आत्तिनुपर्ने स्थिति छैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!