हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 903  पटक पढिएको

शेयर सप्ताहको चौथो दिन बुधवार नेप्से परिसूचक १८.७६ अंकले वृद्धि भई २४४१.८५ मा बन्द भएको छ । मंगलावर १७.७९ अंकले तल झरेको कारोबार बुधवार १८.७६ अंकले वृद्धि भएको छ । तर, सेन्सेटिभ इन्डेक्स बुधवार पनि तल झरेको छ । मंगलवार ४.५८ अंकले तल झरेको सेन्सेटिभ इन्डेक्स बुधवार समेत ०.८६ अंकले तल झरेर ४४६.३८ मा बन्द भएको छ ।बजारको शुरुवात २४३९.०४ बाट भएर केहि बेरमै ओरालो लागेको थियो । दिउँसो १ बजे २४४८.१२ मा पुगेको बजार फेरी ओरालो लाग्दै २४४१.८५ मा बन्द भएको छ । यस बजारमा १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता शेयर खरिद विक्रि भएको छ । २०८ कम्पनी सहभागिता भएको यस बजारमा ८ अर्ब ६२ लाख ३८ हजार ७७० को टर्नअभर भएको छ ।

बुधवारको कारोबारमा ट्रेडिङ्ग, ननलाइफ इन्सोरेन्स, माइक्रोफाइनेन्स, लाइफ इन्सोरेन्स र मिच्वल फण्डमा हरियो देखिए पनि अन्य सबै क्षेत्रमा रातो देखिएको छ । यस बजारमा सर्वाधिक कारोबार कमर्सियल बैंक २ अर्ब १९ करोड ६६ लाख ४३ हजार १४१ को भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!