अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ को रिलिज भएको दुई वर्ष पुगेको छ । फिल्मको निर्देशन समेत कंगना आफैले गरेकी थिइन् । फिल्म २५ जनवरी २०१९ मा रिलिज भएको थियो । फिल्म रिलिज भएको दुई वर्ष पुगेको अवसरमा कंगनाले एक ट्वीट गर्दै दुई तस्बिर एकसाथ सार्वजनिक गरेकी छन् । ती मध्ये एक तस्बिरमा कंगनाको खुट्टामा प्लास्टर लगाइएको र उनी ह्वील चेयरमा देखिएकी छन् भने दोस्रोमा उनको निधारमा चोटको निसान छ ।

उनले ट्वीटमा लेखेकी छन् ‘जिस फिल्ममा मेरो हट्डी भाँचियो, त्यही फिल्मले कयौं रेकर्ड समेत तोड्यो ।’ यो जापानमा समेत भारतको सबैभन्दा सफल फिल्म सावित भएको उनको ट्वीटमा उल्लेख छ । कंगनाले एक भिडियो समेत शेयर गरेकी छन् । जुन भिडियोमा अमिताभ बच्चनको आवाजमा मर्णिकर्णिकाको कथा प्रस्तुत गरिएको छ । भिडियोमा अंकिता लोखन्डे, सुरेश ओबरोय, जीशु सेनगुप्ता, अतुल कुलकर्णी सहित अन्य फिल्मका सबै स्टार छन् ।

कंगनाले अगाडि लेखेकी छन्– ‘कयौं यो फिल्म सर्वश्रेष्ठ ऐतिहासिक फिल्म भनेका छन् । तर म यसलाई विश्वस्टरको फ्रेन्चाइज बनाउने बचन दिन्छु ।’ यसको अलवा कंगनाले एक भिडियो समेत शेयर गरेकी छन् । जसमा तरवार चलाइरहेको क्लिप समेटिएको छ ।

पीरियड ड्रामामा आधारित यो फिल्म रानी लक्ष्मीबाईको जीवन, शासन र अंग्रेजसँगको लडाइको बिषयमा थियो । फिल्मका कंगनाको साथमा जिशु सेनगुप्ता, अतुल कुलकर्णि, मोहम्मद जीशान, अंकिता लोखन्डेलगायको मुख्य भूमिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!