खबर ठुलो छ

कतारबाट अवैध तरिकाले सुन ल्याउने र सुन संकलन गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कतारबाट आएका सुवास गुरुङ र सुन संकलन गर्न विमास्थलमा पुगेका तनहुँका टकबहादुर गुरुङलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

आइतबार कतार एयरवेजको उडान नम्बर क्यूआर–६५२ बाट काठमाडौं आएका सुवास गुरुङको लगेज जाँच गर्दा सुन भेटिएको थियो । बच्चाले लगाउने डाइपरमा लुकाएर ल्याएको सुन फेला परेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लियो ।
सुवासको बयानका आधारमा सुन रिसिभ गर्न गएका तनहुँ व्यास नगरपालिका–९ का ३१ वर्षीय टक बहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवन भरतपुर घर भएका सुवासले डाइपरमा लुकाएर ल्याएको ३ सय ४४ दशमलव ९९ ग्राम सुनका रिङ र बाला बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

सुवासले डाइपरको बटनमा लुकाएर सो सुन कार्टुनमा राखेर नेपाल ल्याएका थिए । पक्राउ गरिएकालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

सोमबार, माघ १२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया