हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 737  पटक पढिएको

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको भएको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनामा मानहानीको पुगेका अदालतमा पुगेका हुन् । उनको मुद्दा दर्ता हुने प्रक्रियामा रहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको अवस्थामा रिट निवेदकको तर्फबाट वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा बहस गरेको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट अदालतको मानहानी भएको रिट निवेदकको दावी छ ।

माघ ९ गते कार्की बेङ्क्वेटमा आफ्नो पार्टीको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले वरिष्ठतम् वरिष्ठ अधिवक्ता भण्डारीतर्फ लक्षित गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भनेकोमा अदालतको मानहानी भएको जिकिर रिट निवेदनमा गरिएको छ ।

‘सर्वोच्च अदालतमा हुने बहसलाई ‘तमासा’ र अदालतमा बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भनेर निन्दायुक्त शब्द प्रयोग गरेको रिट निवेदकको भनाइ छ । ‘अदालत र कानुन व्यवसायीलाई हास्यको पात्रका रुपमा प्रस्तुत गरेर नेपालको संविधानको धारा १२८ को उपधारा (४) बमोजिम अदालत र इजलासको अपहेलना गर्नुभएको छ,’ रिट निवेदनमा भनिएको छ, ‘प्रधानमन्त्रीको पदमा आसिन खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारवाही गरी सजायसमेत गरी पाउन सादर अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!