शेयर सप्ताहको पहिलो दिन आइतवार नेप्से परिसूचक नयाँ रेकर्ड कायम गर्दै ५०.२० तीव्र गतीको उचाईमा पुगेको छ । २४२४.८४ विन्दुमा बन्द भएको बजार २.११ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत ६.४७ अंकले बृद्धि भई ४५२.०६ विन्दुमा बन्द भएको छ ।

२०७ कम्पनीको सहभागिता भएको यस बजारमा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० को कारोबार भएको हो । यस बजारमा १ करोड ९३ लाख ७९ हजार ०४२ कित्ता शेयर कारोबार भएको छ । एक मात्र ट्रेडिङ्ग क्षेत्रमा रातो देखिए पनि अन्य सबै क्षेत्र हरियो देखिएको छ । आइतवारको कारोबारमा ६ वटा कम्पनीको वृद्धि दर ९ प्रतिशत भन्दा बढी रहेको छ भने ४ वटा कम्पनीको कारोबार १० प्रतिशत वृद्धि भएको छ ।

सर्वाधिक कारोबार भएका मध्ये एन एल आइ सी ६६ करोड ८२ लाख ७३ हजार १९५, एन आर आइ सी ३४ करोड ७९ लाख ५१ हजार ४९२, एन टी सी ३१ करोड ८९ लाख ४१ हजार ७२०, एन एल आइ सी एल २४ करोड २८ लाख १७ हजार २१९, पी सी बि एल २३ करोड ०५ लाख ९७ हजार १३६ को कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!