रुसी प्रहरीले सरकारविरोधी प्रदर्शनमा सहभागी भएका ३ हजारभन्दा धेरैलाई हिरासतमा लिएको पर्यवेक्षकहरुले बताएका छन् । जेलमा रहेका विपक्षी नेता एलेक्जाई नाभाल्नीको समर्थनमा शनिबार दशौं हजार मानिस सडकमा ओर्लिएका थिए । पुटिनको विरोधमा वर्षौपछि रुसमा यति ठूलो संख्यामा जनता ओर्लिएका हुन् ।

नाभाल्नीले समर्थकहरुलाई आन्दोनलमा उत्रन आग्रह गरेपछि रुसी अधिकारीहरुले सुरक्षा व्यवस्था कडा गरेपनि प्रदर्शनकारीहरु त्यसको बेवास्ता गर्दै सडकमा आए । मस्कोमा दंगा प्रहरीले भिड नियन्त्रणका लागि प्रदर्शनकारीहरुमाथि कुटपीट गर्नै गर्नुप¥यो । गत आइतबार नाभाल्नीले हिरासतबाटै आन्दोलनमा उत्रन जनतालाई आग्रह गरेका थिए ।

४६ वर्षका नाभाल्नी पुटिनका सबैभन्दा ठूला आलोचक मानिन्छन् । गत वर्ष अगस्टमा उनीविरुद्ध विष प्रयोग भएको थियो । त्यसपछि कोमामा पुुगेका नाभाल्नीको उपचार जर्मनीमा गरिएको थियो ।

उपचारका क्रममा उनको शरीरमा सोभियतकालिन विष प्रयोग भएको खुलासा भयो, जसकारण पश्चिमा देशहरुले रुस सरकारको संलग्नता विष प्रयोगमा रहेको आरोप लगाए । तर रुस सरकारले यसलाई अस्विकार गर्दै आएको छ । उपचार सकेपछि नाभाल्नी स्वदेश फर्किएका थिए । तर, रुसी अधिकारीहरुले उनलाई विमानस्थलबाटै पक्राउ गरे । रुस सरकारले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको छ, जसलाई नाभाल्नीले ‘राजनीतिक रुपमा प्रेरित आरोप’ भनेका छन् । ‘तपाईहरु सडकमा ओर्लनुस्, मेरा लागि होइन आफ्नो र देशको भविष्यका लागि,’ जेलभित्रैबाट नाभाल्नीले गत आइतबार अपिल गरेका थिए । भ्रस्टचार विरोधी अभियन्ताको छवि बनाएका नाभाल्नीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उनको पार्टीलाई ‘ठग र चोर’ को संज्ञा दिँदै आएका छन् ।

प्रदर्शनकारी भन्छन् – ‘म त्रासदेखि थकित भइसकें’
शनिबार रुसको सुदुरपूर्व, साइबेरियादेखि मस्को र सेन्ट पिटर्सवर्गसम्म १ सय शहरहरुमा प्रदर्शन भयो । किशोर–किशोरीदेखि वृद्धवृद्धासम्मले नाभाल्नीको रिहाई माग गरे ।
रोयटर्स न्युज एजेन्सीका अनुसार केन्द्रीय मस्कोमा भएको ¥यालीमा कम्तिमा ४० हजार जनता सहभागी थिए । यद्यपी, रुसको गृह मन्त्रालयले ४ हजारले मात्रै आन्दोलन गरेको दाबी गरेको छ । पर्यवेक्षकहरुका अनुसार देशभर विगत एक दशकयताकै सबैभन्दा ठूलो जनलहर ओर्लिएको हो । मस्कोको पुस्किन स्क्वायरमा प्रदर्शनकारीहरुले नाभाल्नीको रिहाई र पुटिनको राजीनामा मागेका थिए ।

इन्टरनेट र मोबाइलमा अवरोध
शनिबार रुसमा मोबाइल फोन र इन्टरनेट कभरेजमा अवरोध देखिएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपी, प्रदर्शनलाई कमजोर बनाउने नियतले नै यस्तो भएको हो वा होइन भन्ने विषय पुस्टि भएको छैन । सामाजिक सञ्जाल टिकटकमा नाभाल्नीको म्यासेज र प्रदर्शनको भिडियो भाइरल बनेको थियो ।

जवाफमा रुसको आधिकारीक सञ्चार नियामक संस्था रोस्कोम्नाड्जरले ‘अवैध व्यवहारका लागि बालबालिकालाई प्रेरित गर्ने’ सुचना हटाउन टिक टकसँग माग गरेको छ । त्यस्ता, सुचना नहटाए ठूलो जरिवाना तिराईने चेतावनी पनि रुसले दिएको छ । त्यसैगरी शिक्षा मन्त्रालयले अभिभावकहरुसँग कुनै पनि प्रदर्शनमा आफ्ना बालबालिकालाई सहभागी हुन नदिन भनेको छ ।

प्रदर्शनअघि समर्थन हासिल गर्ने प्रयास स्वरुप नाभाल्नीको टिमले एउटा विकालसी ब्ल्याक सी रिसोर्टको भिडियो सार्वजनिक गरेको थियो, राष्ट्रपति भ्लादिमिर पुटिनको रिसोर्ट भन्दै । यस आरोपलाई राष्ट्रपति कार्यालय क्रेमलिनले अस्विकार गरेको छ । यो भिडियो ६ करोड ५० लाखभन्दा धेरैले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!