हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 1027  पटक पढिएको

जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल लोकतान्त्रिक पार्टीबीच आज एकीकरण घोषणा हुँदैछ । आज एक कार्यक्रमबीच लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता शिवलाल थापाको नेतृत्वमा जसपा नेपालसँग एकीकरण हुन लागेको हो । तर एकीकरण प्रति नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारु (चौधरी) ले असन्तुष्टि जनाएका छन् । उनले जसपा नेपालसँग नेपाल लोकतान्त्रिक पार्टीको कुनै प्रकारको एकीकरण नरहेको दावी गरे ।

उनले केही नेताहरु जसपा नेपालमा प्रवेश गर्न लागेको भएपनि सम्पूर्ण पार्टी नै एकीकरण नभएकोे दावी गरे । ‘नेपाल लोकतान्त्रिक पार्टीको स्थायी कमिटीको बैठक दुई दिनदेखि चलिरहेको छ । बैठक जारी रहेको बेला कसरी सो पार्टी जसपासँग एकीकरण हुन्छ ?त्यो सम्भव नै छैन’, उनले भने, ‘उच्च महत्त्वकाँक्षी भएका दुई चारजना नेताले भ्रम फैलाएर जसपा नेपालमा प्रवेश गरिरहेका छन् एकीकरण होइन ।’

तत्कालीन नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदार नेपाली काँग्रेससँग एकीकरण गरेर गएपछि भानु थारु लगायतका नेताहरु नेपाल लोकतान्त्रिक फोरम नेपाललाई पुनर्गठन गरी नेपाल लोकतान्त्रिक पार्टी बनाएका थिए । पुनर्गठन गर्दा विजयकुमार गच्छदारसँग रहेका राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापासहितका नेताहरु काँग्रेसमा नगई नेपाल लोकतान्त्रिक पार्टीमा समाहित भएका थिए ।

आज त्यही समूह निस्केर जसपा नेपालमा गएको अध्यक्ष थारुले दावी गरे । तर शिवलाल थापाले अध्यक्ष भानुराम थारु र सहअध्यक्ष गीता राणाबाहेक सबैजना एकसाथ रहेका नेपाल लोकतान्त्रिक पार्टीले जसपा नेपालसँग एकीकरण गरिरहेको दावी गरे । जसपा नेपाल र नेपाल लोकतान्त्रिक पार्टीबीच एकीकरण नै भएको भन्दै उनले यसमा अध्यक्ष र सहअध्यक्ष मात्र सहभागी नभएको दावी गरे ।

शिवलाल थापा तत्कालिन राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) को तर्फबाट विज्ञान तथा प्रविधि मन्त्री पनि बनेका थिए । उनले भने, ‘हामीसँग नेपाल लोकतान्त्रिक पार्टीका बहुमत सदस्य छन्, जसपा नेपालसँग छलफल नै गरेर यो एकीकरण गर्न लागेका छौं ।’ उपाध्यक्षदेखि तलका सबै पदाधिकारी तथा सदस्यहरु आफूहरुको साथमा रहेको दावी उनले गरे ।

जसपा नेपालमा आफूलाई कार्यकारिणी सदस्य र अन्य ३५ जनालाई केन्द्रीय सदस्यमा राखेको उनले बताए । ‘जसपा नेपालकै पार्टी, झण्डा, चुनाव चिन्हमा सहमत भएका छौं । तर विधान र राजनीतिक दस्तावेजमा केही संशोधन गर्ने सहमति भएको छ’, उनले बताए ।

जसपा नेपालले राजनीतिक मुद्दा सकिएको र आर्थिक क्रान्ति गर्नुपर्ने धारणा राखेको भन्दै उनले तर आफूहरुले अझै राजनीति मुद्दा जिवित रहेको विश्हवास रहेकाले यो विषयमा संशोधन गरिने कुरामा सहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!