नेकपाको प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी छ । बैठक दिउँसो एक बजेबाट सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि गरिएका संघर्षको समीक्षा गर्दै भावी रणनीति तय गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको कारवाही प्रक्रिया र अन्य सांगठानिक विषयमा छलफल हुने नेता वेदुराम भुषालले जानकारी दिए ।

प्रचण्ड माधव पक्षले यसअघि पार्टी नीति विपरित निर्णय गरेको भन्दै केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउदै माधवकुमार नेपाललाई चयन गरेको छ ।

त्यस्तै महासचिवको जिम्मेवारीबाट विष्णु पौडेलको अधिकार पनि खोसिएको छ । आजको बैठकमा ओलीमाथि थप कारवाही गर्ने नेताहरुले बताएका छन् ।
त्यसमा ओलीलाई नेकपाको साधारण सदस्य नै नरहने गरी हटाइने छ । यसअघि ओलीलाई किन कारवाही नगर्ने भनेर तीन दिने स्पष्टीकरण सोधिएपनि उनले सो समयमा जवाफ दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!