हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 546  पटक पढिएको

दाङमा देउरानीको कुटाईबाट जेठानीको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४४ वर्षीया भगवती बुढाथोकीको कुटाइबाट सोही स्थानकी ४८ वर्षीया आइती बुढाथोकीको मृत्यु भएको हो। आइती र भगवती देउरानी जेठानी हुन्।

घटनामा संलग्न भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। भगवतीले माघ २ गते बिहान घटना गराएको प्रहरीको भनाई छ । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको भारतको लखनउमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो। मृत्युको खबरलगत्तै प्रहरीले भगवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!