निर्माण कार्य सम्पन्न हुन अगाबै भत्किने कार्य कुनै नयाँ खबर हाइन्, वर्षौ देखि चलिआएको परम्पारको निरन्तरता हो । व्यवस्था बदलिए तर, व्यवस्थापकीय प्रवृति उस्ताको उस्तै जडा गाडेर बसिरहे । समय र स्थान हटाएर हेर्ने हो भने अधिकांश पुल निर्माणमा चरम लापरवाही भएको बुझन सकिन्छ । एउटा यस्तै विचित्र कथा हो झापाको एउटा पुलको ।

प्रदेश नम्वर १ झापा जिल्लाको गौरादह नरपालिका वडा नं. ६ सिंगिया डुब्बामा पर्ने एउटा पुलको निमार्ण कार्य २४ लाखको लगानीमा शुरु भएको थियो । उक्त बजेटमा पुलको निमार्ण कार्य सम्पन्न हुने की मर्मत मै सकिने हो भन्न सकिन्न, तर पुलको बर्तमान अवस्था हेर्दा जो कोहिको मन व्यवस्था माथि नै प्रश्न ठड्याउँछ ।

२४ लाखको बजेटमा शुरु गरिएको सो पुलको निर्माण कार्य, निर्माण शुरु भएसंगै भत्किने क्रम शुरु भएको छ । पुल निर्माणमा ठेकेदार र इन्जिनियरको चरम लापरबाही पुलले नै छर्लङ्ग पारिरहेको छ । कम गुणस्तर र आवश्यक भन्दा कमसल निर्माण सामाग्री प्रयोग गरिएकोले निर्माणाधिन अवस्थामा नै भत्कदै गएको प्रष्ट देखिन्छ ।

मोटो बजेट खर्चिएर निर्माण हुँदै गरेका यस्ता महत्वपूर्ण बिकास निर्माणका योजनामा सम्बन्धित निकायको फितलो अनुगमन शैलीले गर्दा आम जनतालाई सास्ती भोगनु पर्ने बाध्यता रहेको छ । यस निर्माण कार्यमा समेत इन्जिनियर र ठेकेदारद्वारा चरम लापरवाही र भ्रष्टाचार नै भएको हो की संकास्पद देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!