हिपमत डटकम

शनिबार, माघ १०, २०७७ || 627  पटक पढिएको

रुसमा विपक्षी नेता एलेक्जाई नाभाल्नीको रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच खाबारोभस्कमा झडप भएको छ । विपक्षीहरुले शनिबार देशका ६० वटा शहरमा प्रदर्शन गर्ने योजना बनाएपछि त्यसलाई विफल बनाउन अधिकारीहरुले पनि विभिन्न उपाय अबलम्बन गरिरहेका छन् ।

मस्कोमा स्थानीय समयअनुसार २ बजे दिउँसो सेन्ट्रल पुुस्किन स्क्वायरमा प्रदर्शनकारीहरु भेला हुने र त्यहाँबाट क्रेमलिनसम्म मार्च गर्ने योजना बनेको छ ।
यसअघि जेलभित्रैबाट नाभाल्नीले सडकमा ओर्लन जनतासमक्ष आग्रह गरेका थिए । ‘तपाई‌हरु आन्दोलनमा ओर्लनुस्, मेरा लागि होइन तपाईको भविष्यका लागि,’ उनले लेखेका थिए ।

इन्स्टाग्राममार्फत नाभाल्नकी पत्नी युलियाले पनि मस्कोमा हुने प्रदर्शनमा किन सहभागीता जनाउन भनेर लेखेकी छ्नि । ‘मेरा लागि, उनका लागि, हाम्रा छोराछोरीका लागि, हाम्रा साझा योजना र मान्यताहरुका लागि,’ उनले लेखेका छन् ।
नाभाल्नीमाथि गत अगस्टमा विष प्रयोग भएको थियो । त्यसपछि कोमामा पुुगेका नाभाल्नीको उपचार जर्मनीमा गरिएको थियो ।उपचारका क्रममा उनको शरीरमा सोभियतकालिन विष प्रयोग भएको खुलासा भएको थियो, जसकारण पश्चिमा देशहरुले रुस सरकारको संलग्नता विष प्रयोगमा रहेको आरोप लगाए । तर रुस सरकारले यसलाई अस्विकार गर्दै आएको छ ।

उपचार सकेपछि नाभाल्नी स्वदेश फर्किएका थिए । तर, रुसी अधिकारीहरुले उनलाई विमानस्थलबाटै पक्राउ गरे । रुस सरकारले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको छ ।
तर, भ्रस्टाचार विरोधी अभियन्ताका रुपमा चर्चा कमाएका नाभाल्नीले यस आरोप राजनीतिक रुपमा प्रेरित रहेको दाबी गर्दै आएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उनको पार्टीलाई ‘ठग र चोर’ को संज्ञा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!