हिपमत डटकम

शनिबार, माघ १०, २०७७ || 499  पटक पढिएको

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार पश्चिम बंगालको भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको यात्रालाई लिएर राज्यको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । यद्यपी, यहाँ अवस्था निकै तनावग्रस्त बनेको छ ।

हावडामा भाजपा र त्रिणमुल कंग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसक्रममा केही गाडीमा आगो लगाइएको छ । भाजपाका नेताहरुले आफ्ना कार्यकर्तामाथि आक्रमण भएको दाबी गरेका छन् । उनीहरुले त्रिणमुुलले यस्तै राजनीति गरेमा उनीहरुलाई कडा जवाफ फर्काउने चेतावनी पनि दिएका छन् ।

शनिबार भारतका चर्चित नेता स्वर्गीय सुभाष चन्द्र बोसको १ सय २५ औं जन्मजयन्ती हो । त्यसैले मोदी पश्चिम बंगाल जान लागेका हुन् । मोदीले भिक्टोरिया मेमोरियल हलमा ‘पराक्रम दिवस समारोह’ को उद्घाटन समारोहमा अध्यक्षता गर्ने कार्यक्रम पनि छ ।
यस कार्यक्रममा बंगालकी मुख्यमन्त्री ममत बेनर्जीलाई पनि आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!