हिपमत डटकम

शनिबार, माघ १०, २०७७ || 564  पटक पढिएको

मलेसियाबाट नेत्रप्रसाद भट्टराईले परिवारसँग बाचा गरेका थिए ‘यो माघमा त जसरी पनि घर आउँछु ।’ सन् २०१२मा रोजगारीका लागि मलेसिया भासिएका झापाका भट्टराईको सपना पुरा हुन पाएन, खुसीयाली लिएर फर्किने बाचा गरेका भट्टराईको शनिबार मृत शरीर मात्रै स्वदेश फर्कियो । साथीहरुसँग बेलुका सँगै खाना खाएर सुतेका भट्टराई बिहान उठ्दा जीवित थिएनन् ।

५ वर्ष इराक बसेर फर्किएका भट्टराई ६ महिना अफगानिस्तान पनि बसेका थिए । तर, आफूले भनेजस्तो नभएपछि उनले जोखिम नमोली मलेसिया जाने निधो गरेका थिए । उनले ५/६ वर्षको उमेर छाडेर गएका दुई छोराहरु १३ र १४ वर्षका भइसके । घरमा बुबा कुरिरहेका छोराहरु मात्रै हैन, श्रीमति धनमायाको पनि सपरिवार सँगै रमाउने सपना चकनाचुर भएको छ ।

ताप्लेजुङबाट झापा झरहेको यो परिवारलाई अब सुखका दिन आलाउन् भन्ने थियो । तर नेत्रप्रसादले विदेशी भूमिकै देश त्याग गर्नुपर्‍यो भने खेती किसानी गरेर घर ब्यवहार धानिरहेकी धनमायामाथि झन जिम्मेवारी थपिन पुग्यो ।

नेत्रको शव बुझ्न आएका शिव भट्टराई सरकारले देशभित्र रोजगारीको अवसर दिलाउन नसक्दा थुप्रै युवाहरुलाई विदेशी भूमिमा मर्नुपर्ने बाध्यता आइलागेको भन्दै दुखेसो व्यक्त गरे । ‘परिवारलाई सुख दिलाउन विदशेमै पुग्नुपर्ने अवस्था अन्त्य गर्न किन कोही पनि जिम्मेवार भएर लँगदैन?’ उनी भन्छन्,’हामी नेपालीले कति कतिन्जेल यस्तो दुःख पीडा यस्तो सहने ?’शनिबार मलेसियाबाट नेत्रप्रसादसहित १८ जनाको शव र एक जनाको अस्तु काठमडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगको छ । थुप्रै शव एकैपटक आउँदा विमानस्थल क्षेत्र विहान भावबिह्वल र चकमन्न बनेको थियो । शव लिन आएका अधिकांश साथीभाइ र आफन्तजनका आँखामा आँशु थामिएको थिएन ।

मलेसियाको क्वालालाम्पुरबाट शनिबार नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ए३३० जहाजबाट १८ वटा शव नेपाल ल्याइएको हो । मलेसियमा सदगत गरिएका एक जनाको अस्तु पनि आएको छ । बहराइनबाट पनि एकजनाको शव आजै आउने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बबताए ।

मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिने समस्या नेपाल ल्याउनुपर्ने शवहरु उतै अडि्कएका थिए ।

आएका शवहरूलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्‍याउनेछ । केही परिवारले शव ढुवानीका लागि बोर्डमा निवेदन दिएका छन् भने केही परिवार काठमाडौं आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!