हिपमत डटकम
काठमाडौं,१४ माघ: गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत) विरुद्धमा ठगीको उजुरी बढको पाइएको छ । गत आवको सुरुको ६ महिनामा म्यानपावर विरुद्धका उजुरीको संङ्ख्या ५५४ बाट ३५ प्रतिशतले बढेर चालु आवको सोही अवधिमा ७४८ पुगेको छ । गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा म्यानपावरको ठगीमा परी उजुरी गर्ने पीडितको संख्या बढेको हो । वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा गत वर्षको सुरुका छ महिनामा ठगीमा परेको जनाउँदै ५५४ उजुरीकर्ताले १९ करोढ ९८ लाख २६ हजार ७२० रुपैयाँ दावीसहित उजुरी दिएको विभागले जनाएको छ । यसैगरी चालू आवको सोही अवधिमा ठगीमा परेको भन्दै ७४८ जना युवाले २३ करोड ९१ लाख ५ हजार १९३ रुपैयाँ दावी गरिी उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!