हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 761  पटक पढिएको

धनुषाको धनौजीस्थित भडरियाबाट भारत प्रवेश गर्ने बेलौती नदीको पुल ११ महिनादेखि बन्द छ । व्यवहारमा भने सीमा खुला नै छ । पुलमुनि र आसपासबाट नदी तरेर आवतजावत भने रोकिएको छैन ।

सुरक्षाकर्मीले सर्वसाधारणलाई आवतजावतमा कडाइ गरे पनि तस्करी भने नियन्त्रण गर्न सकेका छैनन् । दुई देशका सुरक्षा निकायले व्यापारीसँग आर्थिक लेनदेन गरी सीमा बन्द भएका बेला तस्करीको संरक्षण गरेको स्थानीयको आरोप छ ।

दैनिक उपभोग्य बस्तु, कपडालगायतका सामान भारतीय बजार हरिणेबाट चोर बाटो हुँदै नेपालतर्फ आउने गरेको छ । साँझ र बिहान साइकलमा व्यापारीको सामान तस्करी गर्नेहरू धनुषाका विभिन्न बजारसम्म पुग्ने गरेका छन् ।

प्रदेश २ का ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् । नाका खुलाउन धनुषासहित प्रदेश २ का जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापनपत्र बुझाउँदै स्थानीयले सीमामै धर्नासमेत दिएका थिए । सीमा बन्द हुँदा दैनिक उपभोग्य सामानको मृल्य बढ्नुका साथै औषधि उपचारमा पनि समस्या भएको नेपाल–भारत खुला सीमा संवाद समूहका संयोजक राजीव झाले बताए ।

सीमा बन्दकै कारण छोरी, चेली माइती र ससुराली आवतजावत गर्दा अपमानित भएको र वारिपारि आफन्तको जन्ती र मलामी जान पनि समस्या भइरहेको उनको भनाइ छ । सीमा बन्दले दैनिक जनजीवनसँगै जनकपुरको पर्यटन क्षेत्र प्रभावित भएको होटल व्यवसायी अभिषेक झुनझुनवालाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!