हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 483  पटक पढिएको

लामो समय देखि मलेसियामा रहेका नेपालीका १७ शव आइतवार नेपाल ल्याइने भएको छ । मलेसियाको क्वालालाम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याइने भएको हो ।

नेपालवाट मलेसिया नियमित उडान भएको भएपनि शव भने ल्याउन सकिएको थिएन । नेपाली यात्रुका सामान र कार्गोका कारण जहाज भरिने भएकाले शव ल्याउन नसकिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

निगमले शवकै लागि वाइडबडी जहाज ए३३० क्वालालाम्पुर पठाउँउने भएको छ । यस अघि नियमित उडानमा सानो जहाजको उडान भइरहेको थियो ।

नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन लागेको नेपाल एयरलाइन्सले जनाएको छ ।

मलेसियाबाट नेपाल आउने क्रममा जहाजमा २५० हाराहारी यात्रु समेत सोही जहाजमा फर्कनेछन् । जहाज आज राती ११ बजे क्वालालाम्पुर उड्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!