हिपमत डटकम
काठमाडौं,१४ माघ: श्रम स्वीकृतिका लागि बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइतबार सम्झौता भएको छ । सम्झौतासँगै विदेशमा रहेका नेपाली दूतावासबाटै पनि पुनः श्रम स्वीकृति लिने बाटो खुलेको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो अनलाइन बीमा भुक्तानी कम्पनी बनेको छ । बीमा कम्पनी अनलाइन प्रणालीमा आएसँगै कम्पनीका जुनसुकै शाखाले बीमा पोलिसी जारी गर्न सक्नेछ र अब श्रम तथा रोजगार कार्यालयको वरिपरि रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु बाध्यताको पनि अन्त्य भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । सहारामा हातमा हथौडा लिएर गिट्टी कुट्दै जीवन खोज्नेहरु आजभोलि सडकमै भेटिने गरेका छन् ।
जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पासागाड–चिसापानीसम्म पक्की गर्ने काम शुरु भएसँगै यहाँका अधिकांश गरीब परिवारका स्थानीयवासी सडकमा गिट्टीको सहारा लिन थालेका हुन् । छोराछोरीको पढाइदेखि वृद्धावस्थाको सहारा गर्नका लागि आर्थिक जोहो सडकमै हुने गरेको छ । खेतबारीमा उपादन हुने अन्नले छ महिना खाना नपुग्ने यहाँका स्थानीयवासी कोही भारत गएर कमाइ गर्छन् भने कोही यसरी सडकमा काम गरिरहेका छन् । गाउँगाउँमा विकास निर्माणका काममा समेत अधिकांश महिला नै सहभागी हुने गरेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । युवाहरु विदेशी भूमिमा छन्, गाउँमा वृद्ध तथा कम ऊर्जाशील सर्वसाधारण बढी भएका कारण विकास निर्माणका काम गर्न समस्या भएको यहाँका स्थानीय सरकारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!