हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 620  पटक पढिएको

महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको बालरोग कक्ष, जनरल वार्ड । बेड नम्बर–९१४ । सो बेडमा ५ बर्षिया बालिका सीता (नाम परिवर्तन) पल्टिरहेकी छिन् ।

कोपिला अवस्थामा बलात्कारको शिकार भएकी उनको दायाँ गालामा गहिरो चोट छ । देब्रे आँखामा पनि चोट छ । सो आँखा खोलेर संसार नियाल्न सक्दिनन् ।

रुपन्देहीको तिलोत्तमा–१५ कि सीता माघ १ मा बलात्कृत भईन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ बर्षिय होमबहादुर बिकलाई पक्राउ गरेको छ । छिमेकी हिरालाल मल्लाहको घरका कामदार हुन्, आरोपी होमबहादुर । कपिलबस्तुको बाणगंगा–१५ घर भएका होमबहादुरमाथी जबरजस्ती करणी मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको रुपन्देहीका प्रहरी उपरिक्षक (एसपी) प्रविण पोखरेलले  बताए ।

बिहिबार मध्यान्ह शिक्षण अस्पतालमा सीतासँग भेट्दा घाँटीमा दाग देखिन्थ्यो । ओठको माथिल्लो भागमा चोट थियो । उपचारमा संलग्न चिकित्सकले रातोपाटीसँग भने–‘यौनाङ्गमा गहिरो चोट छ ।’

तिलोत्तमास्थित स्थानीय स्कुलमा १ कक्षामा पढ्ने सीतालाई पसलमा सामान किन्न जाँदा होमबहादुरले ‘चकलेट दिन्छु’ भनेर बलात्कार गरेका हुन् । रुपन्देहीका एसपी पोखरेल भन्छन्–‘फकाएर झाडीमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।’

यस्तो थियो घटना

माघ १ मा साँझ ५ बजेतिर हजुरआमाका लागि सामान किन्न पसल गएकी सीता घर फर्किनन् । ३५ मिनेटसम्म घर नआएपछि परिवारका सदस्य उनको खोजी गर्न थाले ।

१४ बर्षका एकजना बालकले सुनाए–‘होमबहादुर सीतालाई बोकेर हिँडेका थिए ।’ अनि, बालिकाका बाबु स्थानिय हिरालाल मल्लाहको घरमा पुगे । होमबहादुर उनकै घरमा बस्थे । सीताका बावु भन्छन्–‘होमबहादुर नुहाई–धुवाई गरेर आगो तापिरहेका थिए, हिरालाल र उनले सीतालाई नदेखेको भन्दै नजिक नआउन धम्की दिए ।’

खोज्दै जाँदा झाडीमा सीता झाडीमा फेला परिन् । शरिरमा चोट थियो, रक्ताम्य अवस्थामा थिईन् । सीताले सानो स्वरमा भनिन्– ‘हजूर बाबा म यहाँ छु ।’ बुवाले सोधे–‘कसले, यस्तो गरेको ?’ सीताले भनिन्–‘बिकले ।’ त्यसपछि, सीता बेहोस् भईन् ।

परिवारका सदस्य फेरी हिरालालको घरमा गए । त्यसबेला बलात्कार आरोपी होमबहादुर थिएनन् । खोज्दै जाँदा उनि शौचालयमा लुकेर बसेको अवस्थामा भेटिए । बालिकाका एकजना आफन्तका अनुसार भिमबहादुर बालिकाको हत्या गर्न चक्कु बोकेर घटनास्थल तर्फ जाँदै थिए । गाउँलेको आवाज सुनेर भागेका हुन् ।

त्रिवी शिक्षण अस्पतालमा भेटिएका बालिकाका आफन्तले भने–‘बच्चीलाई बलात्कारपछि मरेको भन्ने ठानेर गाड्नको लागि खाडल समेत खनेको रहेछ ।’

बालिकाको अवस्था

सीतालाई तत्काल भैरहवास्थित मेडिकल कलेज लगियो । लुम्बिनी प्रादेशिक अस्पताल हुँदै काठमाडौं ल्याइएको हो । उपचारमा संलग्न डाक्टरका अनुसार बालिकाको यौनाङ्गको शल्यक्रिया गरिएको छ । ‘अब उनी कहिल्यै आमा बन्न सक्दिनन्’ सीताका बावु भन्छन्–‘पापीले मेरो छोरीको जीवन बर्बाद पारिदियो ।’

शल्यक्रियापछि बालिकाको स्वास्थ्य अवस्था सुरधारोन्मुख रहेको शिक्षण अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले बताए ।

उपचारमा आर्थिक समस्या

सामान्य मजदुरी गरेर पेट पाल्दै आएका बालिकाका बावु मेजर मल्लाहले डेढ लाख खर्च गरिसेका छन् । सीता साइली छोरी हुन् । अरु, तीन छोरीहरुको समेत लालनपालन गर्नुपर्ने मेजरले सीताको उपचार खर्च धान्न धौधौ भएको बताए । तैपनि, मन दह्रो बनाउँदै उनी भनिरहेका छन्–‘अपराधीले सजाय पाउनुपर्छ ।’

सीताका अर्का आफन्तका अनुसार बिक महिला, बालबालिका माथि कुदृष्टि राख्थे । मदिरा पिउएर अश्लिल कुरा बोल्थे । आरोपी बिकले बलात्कारपछि हत्या गर्ने मनसायले आक्रमण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

बालिकाका आफन्त र गाउँलेले आरोपीलाई कडा कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका थिए । news sources : ratopati .com

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!