हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 821  पटक पढिएको

पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मुलपानीबाट गएराति उनलाई पक्रेको हो ।

हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले बताए ।

०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए । टाउकोमा गोली लागेर प्रेमिका ढलेपछि भागेका उनी काठमाडौँमा लुकिछिपी बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

लाहुरेको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथर स्थित एक होटलमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!