हिपमत डटकम

बिहिबार, माघ ०८, २०७७ || 721  पटक पढिएको

इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने बजारमा भएको आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको र अन्य ७३ जना घाइते भएका स्थानीय अस्पतालका चिकित्सक तथा प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

उक्त बजार महामारी नियन्त्रणका लागि झण्डै एक वर्षसम्म बन्द गरी हालै मात्र खोलिएको थियो । इराकी गृहमन्त्रालयको विज्ञप्तिमा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनिएको छ, “पहिलो आत्मघाती आक्रमणकारी बिरामी भएको अभिनय गर्दै बजारमा आएको र उसलाई हेर्न मानिसहरू भेला भएका समय विस्फोट गराएको थियो भने थप व्यक्ति त्यस ठाउमा पुगेका समय फेरि अर्को विस्फोट गराइएको थियो ।”

घटनापछि उक्त स्थानमा पुगेका एएफपी फोटोग्राफरले जनाए अनुसार उक्त स्थानलाई तत्काल सुरक्षा बलले घेरा हालेको थियो । उनले थपे, “टाढाबाट हेर्दा घटनास्थलमा रगतले भिजेका लुगाहरू धुलाम्मे सडकहरूमा फैलिएका देखिन्थे ।”

घटनास्थलमा तत्काल स्वास्थ्यकर्मीसमेत पुगी दुर्घटनाग्रस्त स्थलबाट घाइतेहरूलाई प्राथमिक उपचारपछि अस्पताल लान सघाएका थिए । बिहीबारको आक्रमण वग्दादमा सन् २०१८ को जनवरीपछिभउको सबैभन्दा रक्तपातपूर्ण घटना थियो । सन् २०१८ मा पनि सोही इलाकामा भएको यस्तै विस्फोटमा ३० व्यक्तिको ज्यान गएको थियो । २०० द्दण्ण्घ मा अमेरिकाको नेतृत्वमा भएको आक्रमण पछि बगदादमा आत्महत्या बम विष्फोटन सामान्य भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!