गणेश कुमार ठाकुर

बिहिबार, माघ ०८, २०७७ || 1312  पटक पढिएको

सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओली कदमको विरोधमा उत्रिएका वडाध्यक्षसहित छ जना प्रचण्ड-नेपाल समूहका नेता/कार्यकतालाई आज सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजविराज ६ का प्रेम यादव, युवा संघ सप्तरीका अध्यक्ष विनोद यादव, राजु जैसवाल, छेदी रजक, मुकेश यादव र बमबम झालाई नियन्त्रणमा लिएको हो । राजविराजबाट बजारबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले राजविराजमा हुन लागेको कार्यक्रममा तनाव बढाउनेसक्ने आंशकामा केही नेताहरुलाई नियन्त्रणमा लिएको बताए । ओली समूहले आज राजविराजमा प्रदर्शनसहितका कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!