हिपमत डटकम

बिहिबार, माघ ०८, २०७७ || 519  पटक पढिएको

आर्थिक प्रलोभनमा परेर आफूले पाएको जिम्मेवारी इमान्दारीताको साथ नगर्ने तीन जना प्रहरी कर्मचारी निलम्बित भएका छन् ।बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई मिति माघ ६ गते नियन्त्रणमा लिएको थियो ।

चितवन जिल्लाको नारायणगढ, पुल्चोक भई राजमार्गमा चल्ने बस, मिनिबस, माईक्रोबस व्यवसायीका दलालहरू मार्फत नारायणगढ पुल्चोकमा डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुले पैसा लिने गरेको भन्ने प्राप्त सूचनाको आधारमा उनीहरुलाई रंगेहात पक्राउ गरिएको थियो ।

प्रहरीले आर्थिक लेनदेन गरेको गुनासो बढेसँगै प्रहरीको संलग्नता बारेमा अनुगमन एवं अनुसन्धान गर्न यस कार्यालयबाट सम्बन्धित स्थानमा स्थलगतरुपमा खटिई गएका प्रहरी अधिकृतको टोलीले माघ ६ गते डिउटीमा खटिएको अवस्थामा यातायात व्यवसायीका दलालहरू मार्फत जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१ पुल्चोक स्थित कालीगण्डकी कोल्ड स्टोर (पान पसल) बाट अबैध रकम लिदै गरेको अवस्थामा पक्राउ गरिएको थियो । प्रहरीको नाममा पैसा उठााउने कार्यमा संलग्न पाँच जना व्यक्तिहरु समेतलाई नियन्त्रणमा लिई माघ ७ गते अभद्र व्यवहार अन्तर्गतको मुद्दामा म्याद थपेर अनुशन्धान भैरहेको बागमती प्रदेश कार्यालयको प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोकबहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्ण सिंह रस्मी मगरलाई नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरिएको प्रवक्ता चौधरीले जनाउनुभयो ।

निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक सुरेश प्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको उहाँले स्पष्ट पार्नुभयो । आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टास्क फोर्स गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!