हिपमत डटकम

सोमबार, पौष २१, २०८२ || 6748  पटक पढिएको

चितवन– अण्डाको मूल्य क्रमशः घट्दै गएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्मबाट लिने मूल्यलाई एकीकृत गर्दै भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँ घटाएको जनाएको छ।

 

सङ्घका अनुसार फार्ममा ठूला अण्डाको प्रतिक्रेट मूल्य ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँमा झरेको छ। यस्तै, मिडियम अण्डाको मूल्य प्रतिक्रेट ५५० रुपैयाँबाट घटेर ४६० रुपैयाँ कायम गरिएको छ। यससँगै उपभोक्ता मूल्य पनि प्रतिगोटा २५ रुपैयाँबाट घटाएर २० रुपैयाँ तोकिएको छ।

 

सङ्घका अध्यक्ष विनोद पोखरेलले ठूला फार्मबाट प्राप्त दररेटका आधारमा समर्थन मूल्य निर्धारण गरिएको बताए। उनका अनुसार बढ्दो जाडोका कारण उपत्यका र हिमाली क्षेत्रमा विद्यालय बन्द हुनु, समग्र गतिविधि सुस्त हुनु तथा पर्यटक आगमन घट्नुले अण्डाको खपतमा कमी आएको छ। साथै, मूल्य राम्रो पाइने अपेक्षामा कुखुरा बिक्री नगरी अण्डा उत्पादन निरन्तर बढिरहनुले पनि मूल्य घट्न पुगेको हो।

 

अहिले उत्पादन बढी र खपत कम भएको अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले जाडो कम भई जनजीवन सामान्य बन्दै गएपछि अण्डाको माग पुनः बढ्ने अपेक्षा व्यक्त गरे। उनका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ, जसअनुसार किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा हुन आउँछ। “लागत मूल्य नजिकै पुगेको अवस्थामा पुनः मूल्य घट्दा किसानलाई थप नोक्सान हुने जोखिम छ,” उनले भने।

 

सङ्घले बजारको अवस्था हेरेर समय–समयमा अण्डाको समर्थन मूल्य घटबढ गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!