हिपमत डटकम

बिहिबार, माघ ०८, २०७७ || 505  पटक पढिएको

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा विशाल सभा गर्ने दाबी गरेको छ।

सभामा कम्तिमा १ लाख मानिस उतार्ने तयारी भएको आन्दोलन परिचालन कमिटीका सचिव विजय पौडेलले बताए।

‘हामीले धेरै टाढाबाट जनतलाई बोलाएका छैनौं। धादिङ, नुवाकोट र काभ्रेपलाञ्चोक आसपासकालाई मात्रै बोलाएका छौं,’उनले भने,’प्रतिगमनविरूद्ध मानिसहरू आक्रोशित छन्। त्यसैले उनीहरू आन्दोलनका लागि उत्साही देखिएका छन्।’

उनले शुक्रबारको आन्दोलन परीक्षा भएको समेत बताए।

केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले ८/९ ठाउँबाट जुलुसहरू आउने र त्यसपछि आमसभा हुने बताए।

प्रदर्शन र सभाबारे सम्पूर्ण जानकारी आज दिउँसो २ बजे हुने पत्रकार सम्मेलनमा दिइने समेत उनले बताए।

सबै ठाउँबाट जम्मा भएको जुलुस रत्नपार्कमा पुगेर आमसभामा परिणत हुने र सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सम्बोधन गर्ने नेकपाले जनाएको छ।

अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले आफूहरूले प्रतिगमनविरूद्ध भद्र र शान्तिपूर्ण प्रदर्शन गर्ने बताए।

‘अनेरास्ववियूले भोलि सिंहदरबरालाई मानव सागरले घेर्ने योजना बनाएको छ। आन्दोलन र प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारविरूद्ध दमन हुन खोजे हामीले प्रतिरोध गर्छौं,’उनले भने,’विद्यार्थीको ठूलो संख्या हामीसँग रहेकाले प्रदर्शन उत्साहजनक हुन्छ।’

सिंहदरबार आसपासमा निषेधित क्षेत्र तोकिएको छ नि? भन्ने जिज्ञासामा उनले आफूहरू सिंहदरबारभित्र नछिर्ने भएकाले यसको कुनै अर्थ नहुने बताए।

सिंहदरबार घेर्ने तयारी पार्टीको नभई विद्यार्थीहरूको रहेको उनले बताए। News Source :- Setopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!