रबिन्द्र बराल

बिहिबार, माघ ०८, २०७७ || 833  पटक पढिएको

श्रद्धाञ्जली सभा तथा सहिद परिवार सम्मान कार्यक्रम रंगेली गरिएको छ। २०७२साल माघ ७ गते मधेश अान्दाेलनका क्रममा ज्यानकाे आहुति दिएका सहिदहरुकाे सम्झनामा प्रत्येक बर्ष सहिद परिवरका सदस्यहरुलाई सम्मान तथा मृतकहरुलाई श्रद्धाञ्जली दिएर पाँचौ सहिद दिवस मनाएका छन। उनी हरु ले रंगेली काे मुख्य बजारमा सहिद दिवस मनाएका हुन ।

साे कार्यक्रममा काे प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारीणी सदस्य शरदसिंह भण्डारीले प्रधानमन्त्री केपी ओलीको कदमले मधेश आन्दोलनबाट प्राप्त अधिकारहरु जोखिममा परेको बताएका छन् । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता भण्डारीले आफूहरु अहिलेको संविधानमा प्राप्त अधिकारलाई संरक्षण गर्दै अपुरो रहेको हक अधिकारको लडाईमा रहेको बताए ।

तर प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था नै नरहेको अधिकार प्रयोग गरि प्रतिनिधिसभा विघटन गरेको उनले बताए । उनले भने ‘प्रधानमन्त्रीले संघीयतासहित प्राप्त अधिकारहरुलाई मास्ने नियत राखेर संसद विघटन गरेका हुन्, उहाँ ४७ सालकै संविधानतर्फ फर्किदै हुनुहुन्छ । नेता भण्डारीले न्यायालयले संविधानको सही व्याख्या गरेर जनतालाई न्यायालयप्रतिको विश्वास दिलाउने विश्वास व्यक्त गरे । सो अवसरमा मधेश आन्दोलनका क्रममा सहिद भएका द्रोपतिदेवी चौधरी, शिवु माझी र महादेव ऋषिदेव गरी तीनजना सहिद परिवारलाई सम्मानसमेत गरिएको थियो ।

कार्यक्रमा जसपाका केन्द्रीय सदस्य अर्मेन्द्र सिंह, सञ्जय सिंह, शंकरप्रसाद साह, महिला नेतृ रञ्जु बर्मा, दलित केन्द्रीय अध्यक्ष श्याम सरदार, प्रदेशसभा सदस्य जयराम यादव, जिल्ला अध्यक्ष राजकुमार यादव, शिशुपाल यादव ,शंकर प्रसाद साह, पन्नालाल मंण्डल लगायत ले प्रधानमन्त्री ले गरेका काम का बारेमा टिप्पणी समेत गरेका थिए ।
रबिन्द्र बराल

श्रद्धाञ्जली सभा तथा सहिद परिवार सम्मान कार्यक्रम रंगेली गरिएको छ। २०७२साल माघ ७ गते मधेश अान्दाेलनका क्रममा ज्यानकाे आहुति दिएका सहिदहरुकाे सम्झनामा प्रत्येक बर्ष सहिद परिवरका सदस्यहरुलाई सम्मान तथा मृतकहरुलाई श्रद्धाञ्जली दिएर पाँचौ सहिद दिवस मनाएका छन। उनी हरु ले रंगेली काे मुख्य बजारमा सहिद दिवस मनाएका हुन । साे कार्यक्रममा काे प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारीणी सदस्य शरदसिंह भण्डारीले प्रधानमन्त्री केपी ओलीको कदमले मधेश आन्दोलनबाट प्राप्त अधिकारहरु जोखिममा परेको बताएका छन् ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता भण्डारीले आफूहरु अहिलेको संविधानमा प्राप्त अधिकारलाई संरक्षण गर्दै अपुरो रहेको हक अधिकारको लडाईमा रहेको बताए । तर प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था नै नरहेको अधिकार प्रयोग गरि प्रतिनिधिसभा विघटन गरेको उनले बताए । उनले भने ‘प्रधानमन्त्रीले संघीयतासहित प्राप्त अधिकारहरुलाई मास्ने नियत राखेर संसद विघटन गरेका हुन्, उहाँ ४७ सालकै संविधानतर्फ फर्किदै हुनुहुन्छ । नेता भण्डारीले न्यायालयले संविधानको सही व्याख्या गरेर जनतालाई न्यायालयप्रतिको विश्वास दिलाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा मधेश आन्दोलनका क्रममा सहिद भएका द्रोपतिदेवी चौधरी, शिवु माझी र महादेव ऋषिदेव गरी तीनजना सहिद परिवारलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमा जसपाका केन्द्रीय सदस्य अर्मेन्द्र सिंह, सञ्जय सिंह, शंकरप्रसाद साह, महिला नेतृ रञ्जु बर्मा, दलित केन्द्रीय अध्यक्ष श्याम सरदार, प्रदेशसभा सदस्य जयराम यादव, जिल्ला अध्यक्ष राजकुमार यादव, शिशुपाल यादव ,शंकर प्रसाद साह, पन्नालाल मंण्डल लगायत ले प्रधानमन्त्री ले गरेका काम का बारेमा टिप्पणी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!